पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार ०९:४०


काठमाडाैं, बैशाख १३ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका ७७ वर्षीय डंगोलको सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

२००४ सालमा काठमाडौंमा जन्मिएका डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष, जिल्ला सभापति र काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख थिए । राजनीतिमा जुझारु नेताका रूपमा परिचित उनी २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमान्डरका रूपमा खटिएका थिए ।

उनकी श्रीमती छन् । उनको नाममा स्थापित ट्रस्टले हरेक वर्ष शिक्षा, पत्रकारिता र नेपालभाषामा योगदान गर्ने व्यक्तिलाई पुरस्कार दिँदै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिने र आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....