प्रसाईं र मिश्रसहित २४ जनालाई थप सात दिन हिरासतमा राख्न आदेश

प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार २०:५०


काठमाडाैं, बैशाख १४ ।
काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धानका लागि प्रहरीलाई उक्त म्याद दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले २४ जनाविरुद्ध अनुसन्धानका लागि थप सात दिनको समय प्राप्त भएको बताए ।

प्रसाईं र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन् । आज आइतबारको इजलासमा दुबैले आफ्ना कुरा राखेका थिए । यसअघिको इजलासले बयान र प्रमाण संकलन पूरा भएमा हाजिर जमानीमा रिहा गर्न सकिने जनाएको थियो ।


प्रतिक्रिया


ताजा खबर

More

कामपाको न्यूरोडबाट ३० लाख नगदसहित २४ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडौं महानगरपालिकाको न्यूरोडबाट प्रहरीले २० लाखभन्दा बढी नगदसहित एक.....

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, जेठ ४ । काठमाडौं जिल्ला.....

काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ । काठमाडौं.....