टोट्टीलाई मेस्सीद्वारा सामाजिक सञ्जालमार्फत प्रशंसा गर्दै शुभकामना

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार १३:०५


काठमाडौं, जेठ १७ ।
एएस रोमाबाट झन्डै तीन दशक लामो करियर अन्त्य गरेका दिग्गज फरवार्ड फ्रान्सेस्को टोट्टीलाई बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले सामाजिक संजाल मार्फत उनको करियरको प्रशंसा गर्दै शुभकामना दिएका छन् ।

पाँच पटकका ब्यालन दिओर विजेता मेस्सीले आफ्नो फेसबुक पेजमा टोट्टी र उनको फोटोसँगै सानो संदेश पनि छाडेका छन् । उनले सन्देशमा ‘कप्तान, तपाईं महान हुनुहुन्छ । जिन्दगीमा आउने दिनहरूका लागि धेरै धेरै शुभकामना छ ।’ भनेर लेखेका छन् ।

आफ्नो पुरा खेलजीवनमा रोमासँगै रहेका टोट्टीले रोममा रहेर उपाधि पनि जितेका थिए । उनले राष्ट्रिय टोलीबाट विश्वकप पनि जिते ।
मेस्सी पनि बार्सिलोनाबाट लामो समयदेखि खेल्दै आएका खेलाडि हुन् । उनले क्लबबाट धेरै उपाधि जिते पनि राष्ट्रिय टोलीबाट भने सोहि किसिमको सफलता प्राप्त गर्न सकेका छैनन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....