खाना खाएपछि डकार आउनु सामान्य तर बिनाकारण बारम्बार डकार आउनु चिन्ताजनक समस्या

काठमाडाैं, जेठ १८ ।
हामीले खाना खाएपछि डकार आउनु सामान्य कुरा हो । यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउछ भने चिन्ताजनकको विषय हो ।
कुनै कुनै बेला खानपान नमिल्दा पनि डकार आउने गर्छ । चिल्लो धेरै भएको खाना, चिसो, तातो पेथ पदार्थ, काउली, ब्रोकोली आदि खानाले पेटमा ग्याँग उत्पन्न हुन्छ । यी खानाहरूका कारण पनि पेटको समस्या हुनसक्छ । यी चीजहरू रातमा नखाएकै राम्रो ।
लामो समयसम्म कब्जियतको समस्या भएका कारण पनि अत्याधिक डकार आउने गर्छ । यस अवस्थामा तपाईलाई कब्जियतको उपचार गर्नुपर्छ । बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ ।
कहिलेकाँही साना साना गल्तीका कारण पनि पेटमा ग्याँस पैदा हुनेगर्छ जसका कारण विभिन्न समस्याहरूले पिरौल्छ । जस्तै गिलासबाट पानी नपिइ माथिबाट पानी पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगमका कारण पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ । जब ग्याँसका कारण तपाईको पाचनतन्त्रमा गडबड हुन्छ तब एच पायलोरी नामक ब्याकटेरियाका पेप्टिक असरको समस्या पैदा हुन्छ । जसका कारण डकार आउनुका साथसाथै पेट दुख्ने समस्या पनि देखिन्छ ।
प्रतिक्रिया