सरकार र राजपाबीचको वार्ता असफल, राजपाद्वारा आन्दोलनको तयारी

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार १३:१८


काठमाडौं, जेठ २८ ।
सरकारले राजपासँग सहमतिका लागि बसेको बैठक असफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको छलफलमा सहमति हुन सकेन ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते अघि नै संविधान संशोधन गरी आफूहरूका माग सम्बोधन गर्नुपर्ने राजपाको माग रहेकोमा सरकार सहमत हुन नसकेपछि बैठक विना निष्कर्ष सकिएको हो । राजपाले भने संविधान संविधान संशोधन विना चुनावमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री देउवाले भने आजको बैठकमा सहमतिका लागि अन्तिम प्रयास गर्ने बताएका थिए ।

सरकारसँगको वार्ता असफल भएपछि राजपाले आजै बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । राजपाको बैठक अहिले केही बेरमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजारमा बस्दैछ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....