वैद्य माओवादीद्वारा विराटनगर महानगरपालिकामा उम्मेदवार घोषणा

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार १४:४९


विराटनगर, जेठ २८ ।
मोहन वैद्य नेतृत्वको माओवादी सम्वद्ध देशभक्त जन गणतान्त्रिक मोर्चाले विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न वडाका उम्मेदवार घोषणा गरेको छ ।

आज विराटनगरमा एक पत्रकार सम्मेलन गरी पार्टीको तर्फबाट सन्तोष सरकारलाई मेयरको उम्मेदवार घोषणा गरिएको जनाएको छ ।

त्यसैगरी सो पार्टीले विराटनगर महानगरपालिकाको ४, ५ र ६ नम्वर वडाको अध्यक्षमा क्रमशः राम विन, महमद वेचन र संजय साहलाई उम्मेदवार घोषणा गरेको छ ।

देशभक्त जनणतान्त्रिक मोर्चाको नगर संयोजक दामोदर पाण्डेले पहिलो चरणमा मेयर र केही वडाको उम्मेदवार मात्र टुंगो लागेअनुसार उम्मेदवार घोषणा गरिएको जानकारी दिए । उनले केही दिन भित्रै बाँकी वडाहरूमा पनि उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....