‘कर्मचारीले सत्ता रिझाउन थाले प्रशासन बिग्रने’ : गोकर्ण बिष्ट

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार १६:२४


गुल्मी, जेठ २८ ।
नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण बिष्टले निजामती कर्मचारीले काम छोडेर सत्ता रिझाउन थाले प्रशासन बिग्रने बताएका छन् ।

निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति गुल्मीले आज प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका विमोचन गर्दै नेता बिष्टले कर्मचारीको गलत मूल्याङ्कन प्रणाली र राजनीतिले कर्मचारी काम र दक्षतामा भन्दा चाकडीको चङ्गुलमा फसेको बताए ।

उनले अहिलेसम्म कर्मचारीलाई राजनीतिक पूर्वाग्रहभन्दा बाहिर राखेर विधि र प्रक्रियाअनुसार सरुवा वा बढुवा गर्न नसकिएको पनि स्वीकार्यका छन् ।

कर्मचारी सत्ता निकट भए ठीक नभए नेटो कटाउने प्रवृत्ति अझै विद्यमान रहेको प्रसङ्ग उल्लेख गर्दै नेता बिष्टले यो प्रवृत्ति हटाउन राजनीतिक दलले अब प्रतिज्ञा गर्नुपर्ने समय आएको छ भने ।

नेता बिष्टले अहिले देशमा विभिन्न तत्वले चुनाव हुन नदिने षडयन्त्र गरिरहेको सन्दर्भमा मतदानलाई निष्पक्ष बनाउन र अधिक मतदातालाई सहभागी बनाउन कर्मचारीको ठूलो भूमिका रहने पनि बताए ।

निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष भक्तिराम मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त भएका विभिन्न कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....