सरकार र राजपाको कुरा नमिलेपछि भोलिदेखि मधेश बन्दको घोषणा

काठमाडौं, जेठ २८ ।
सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूले आन्दोलन घोषणाको तयारीमा जुटेका छन् ।
दोस्रो चरणको स्थानिय निर्वाचनलाई लक्षित गर्दै राजपाले यही जेठ २९ गतेदेखि मधेशमा आन्दोलन गर्ने तयारी गरेको छ । सोमबार २९ गते मसाल जुलुस निकालेर लगातार ४ दिन मधेश बन्द गर्ने राजपाका महासचिव केशव झाले बताएका छन् ।
सरकारसँग हिजो र आज बसेको बैठकमा संविधान संशोधनको माग निर्वाचन अघि नै हुननसक्ने भनेपछि तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरूको भेला सुरु भएको हो । असार १४ गतेको चुनाव सार्न राखेको प्रस्ताव सरकारले अस्वीकार गरेपछि राजपाले आन्दोलनको घोषणा गर्न लागेको हो ।
आज राजपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
प्रतिक्रिया