मधेशलाई अर्को चुनौती दिँदै प्रमुख आयुक्तले भने, तोकिएकै समयमा निर्वाचन

सप्तरी, जेठ २९ ।
राजपाले चुनाव मिति सार्ने प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गरेपछि आजबाट मधेश बन्दको घोषणा गरेको मधेश केन्द्रित पार्टीलाई निर्वाचन आयोगले अर्को चुनौती दिएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकिएको मितिमा हुनेमा जोड दिएका छन् ।
आइतबार विभिन्न राजनैतिक दल र नेता तथा कार्यकर्ता र स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उनले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सप्तरी उनको गृह जिल्ला पनि हो ।
आफ्नो माग पूरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोधसमेत गरेका थिए । सोही क्रममा प्रहरी र ती कार्यकर्ताबीच झडप समेत भएको थियो ।
प्रतिक्रिया