राजपा पार्टीद्वारा आह्वान गरेको आम हडतालका कारण तराई जिल्लाको जनजीवन प्रभावित

काठमाडौं, जेठ ३० ।
सरकार र राष्ट्रिय जनता पार्टीबीच भएको कुराकानी नमिलेपछि राजपा पार्टीले आहृवान गरेको चार दिने आम हडतालका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सार्नुपर्ने माग राख्दै राजपाले आज जेठ ३० गतेदेखि असार २ गतेसम्म लगातार ४ दिन तराई मधेश बन्दको आह्वान गरेको हो ।
आम हडतालको प्रभाव प्रदेश नम्बर २ का जिल्लामा बढी देखिएको छ । महोत्तरी बन्द आह्वान कर्ताले महोत्तरीको गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुंगामुढा गरेका छन् ।
महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार बा. १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।
बिहानैदेखि सवारी साधन, शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना पूर्णरूपमा ठप्प छन् ।
मोरङ राजपाले आयोजना गरेको आमहड्तालको प्रभाव आज विहानैदेखि विराटनगर, जनकपुर, रौतहट, सिराहा, सप्तरी, बारा, पर्सामा पनि परेको छ । राजपाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया