भरतपुर महानगरपालिका चुनावी मुद्दा फेरि सर्यो

काठमाडौं, जेठ ३० ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी मुद्दाको पेशी फेरि सरेको छ । सर्वोच्च अदालतले आज पनि हेर्न नभ्याएको भन्दै पेशी आगामी मंगलबारका लागि सारेको हो । सर्वोच्चमा उक्त मुद्दा बेन्च नै नहुँदै सरेको यो दोस्रो पटक हो ।
भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि गत आइतबार हेर्न समय नभ्याइएको कारण सुनुवाइ आजका लागि सारिएको थियो । सार्वजनिक सरोकारको मुद्दा तल अर्थात् क्रम संख्या ‘थ’ मा राखिएकोले आज पनि हेर्न नसकिएको हो ।
प्रतिक्रिया