नेपाली राजदूत पौड्याल र चीनका प्रान्तीय उपाध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार ०६:४६


काठमाडौं, जेठ ३१ ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनको युनान प्रान्तीय जन परामर्श परिषद्का उपाध्यक्ष यान झियाउबीच मंगलबार द्विपक्षीय हित र सहकार्यका विविध आयामबारे भेटवार्ता भएको छ ।

नेपाल र सो प्रान्तबीच पूर्वाधार विकास, पर्यटन, संस्कृति, व्यापार, लगानी, कृषि, गरिबी निवारण र जनता जनताबीचको सम्बन्ध विस्तारबारे छलफल भएको उक्त भेटमा नेपालले आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।

सोही अवसरमा राजदूत पौड्यालले सहकार्यका सम्भावित क्षेत्रबारे प्रकाश पार्दै नेपालले चीनसँगको व्यापार घाटा कम गर्न नेपालका उत्पादनलाई चीनियाँ बजारमा प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको त्यहाँस्थित नेपाली दूताबासले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....