जनार्दन र कूलमानको नयाँ वर्षमा जनतालाई उपहार : लोडसेडिङ मुक्त नेपाल

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार ०२:०७


काठमाडौं, पुस १७ ।
ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रमुख कूलमान घिसिडको कुशल कार्यसम्पादनले अंग्रेजी नयाँ वर्षमा नेपाल लोडसेडिङ मुक्त देश भएको छ । पुष्पकमल दाहाल नेतृत्वकाे सरकारमा सबैभन्दा सफल मन्त्री बनेका शर्माले आफ्नो प्रतिबद्धता पूरा गर्दै नेपाललाई लोडसेडिङ मुक्त देश बनाएका छन् । दाहाल सरकारको कार्यसम्पादनमा चौतर्फी विरोध भएपछि ऊर्जामन्त्री शर्मा र प्राधिकरणका प्रमुख कूलमानको निकै प्रशंसासमेत हुन थालेको छ ।

नयाँ वर्ष सन् २०१७ सुरु भएकै दिन अाज नेपाल भारत अन्तरदेशीय प्रशारण लाइन ढल्केवर मुजफ्फरबाट ४० मेगावाट र आन्तरिक प्रशारण लाइनबाट १३ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि नेपाल लोडसेडिङ मुक्त देश बनेको छ । नदीहरूमा पानीको सतह घटेपछि आन्तरिक उत्पादनमा कमी आएलगतै विद्युत प्राधिकरणले भारतबाट ४० मेगावाट विद्युत खरिद गरेको हो भने आन्तरिक उत्पादनमा १३ मेगावाट थपिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रमुख कूलमान घिसिडको कुशल कार्यका कारण नेपाल लोडसेडिङ मुक्त भएको छ ।

नेपाललाई लोडसेडिड मुक्त बनाएपछि सामाजिक सञ्जाल र जनस्तरमा मन्त्री जनार्दन शर्मा र कूलमानको निकै प्रशंसा हुन थालेको छ । पत्रकार बिजयकुमारले जनार्दन शर्मा र कूलमानलाई उत्कृष्ट ब्यक्ति घोषणा गर्न माग पनि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट साे माग गरेका हुन् ।

सुख्खायाममा पानीको सतह घट्न र विद्युत उत्पादनमा कमी आउने भएपछि प्राधिकरणले भारतबाट थप बिजुली ल्याउने तयारी थालेको छ । राजधानी उपत्यकालाई लोडसेडिङ मुक्त राख्ने र देशका अन्य ठाउँमा थोरै मात्र लोडसेडिड गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....