‘पद्मावती’ फिल्मबाट शाहिद कपुरको पहिलो नयाँ लुक सार्वजनिक

काठमाडौं, असोज ९ ।
बलिउड अभिनेता शाहिद कपुरद्वारा अभिनित फिल्म ‘पद्मावती’का लागि आफ्नो पहिलो लुक सार्वजनिक गरेको छ । उक्त तस्वीरमा शाहिद चित्तुरका शासक महारावल रतन सिंहका रूपमा बहादुर योद्धाको भूमिकामा देखिएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेको तस्वीरमा ३६ वर्षीय अभिनेता रानी पद्मावतीका श्रीमानको भूमिकामा रहेको छ । उक्त फिल्ममा पद्मावतीको भूमिकामा दीपिका पादुकोणलाई देख्न सकिन्छ । फिल्मका निर्देशन सञ्जय लीला भन्सालीले गरेका छन् ।
शाहिदले फोटो सार्वजनिक गर्दै फोटोग्राफसँगै लेखेका छन्, ‘महारावल रतन सिंह । साहस, शक्ति र सम्मानका प्रतिक ।’ तस्वीरमा शाहिदले लगाइएको सेतो लुगामा रगतको दागहरू देखिन्छ । उनको अनुहारमा युद्धका घाउहरू, निधारमा राजपुत तिलक, दारी, महाराजहरूले राखिने दारी र आँखामा गाजल देखिएको छ । दोश्रो तस्वीरमा भने शाहिदले कवच लगाइरहेको लुक्समा आउने भएका छन् ।
सह–कलाकारहरू दीपिका पादुकोण र रणवीर सिंहले पनि शाहिद कपुरका नयाँ लुक सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । रणवीर सिंह फिल्ममा अलाउद्दिन खिलजीको भूमिकामा देखिने छ ।
गएको २१ सेप्टम्बरमा निर्माताहरूले दीपिका पादुकोणलाई महारानीको नयाँ लुकमा पहिलो पटक सार्वजनिक गरेका थिए ।
फिल्म डिसेम्बर १ तारिखमा रिलिज हुनेछ भने ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्मको निर्माण भन्साली प्रोडक्शन र वेलकम १८ मोशन पिक्चर्सले संयुक्त रूपमा गरेको छ ।
प्रतिक्रिया