राष्ट्रिय पोशाकको जगेर्ना गर्न फेसन सस्तो बजार

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार १३:५८


काठमाडौं, पुस २१ ।
विगतमा नेपाली राष्ट्रिय पोशाक रहेको दौरा सुरुवालको चलन हराउँदै गएको सन्दर्भमा त्यसलाई जगेर्ना गर्ने लक्ष्यका साथ राजधानीको सुन्धारामा सरल र सहज रूपमा दौरा सुरुवाल बिक्री गर्ने लक्ष्यका साथ ‘फेसन सस्तो बजार’ सुरु गरिएको छ ।

बजारका सञ्चालक सुरेश लामिछानेले नेपाली परम्परागत पोशाक हराउँदै गएको सन्दर्भमा नेपाली जनसमुदायमा राष्ट्रिय पोशाकप्रतिको लगाव बढाउन बजार सुरु गरिएको जानकारी दिए ।

नेपाली दौरा सुरुवाल, गुन्यु चोलीको प्रचलन बढाउन र नेपाली समुदायमा त्यसको थप जगेर्ना गर्नु नै आफूहरूको प्रमुख लक्ष्य रहेको बजार सञ्चालक लामिछानेले बताए । बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामाग्री बिना कुनै बार्गेनिङ खरिद गर्न सकिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

गुणस्तरीय सामान उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिँदै अर्का सञ्चालक भेषराज पौडेलले बजार निर्माणका लागि रु. पाँच करोड खर्च भएको बताए ।

कूल ३५ पसल रहेको बजारमा नेपाली उत्पादनलाई विशेष प्राेत्साहन दिइने, अन्य व्यावसायिक संस्था एवं पसलको भन्दा ४० प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराइने उनले बताए । उपभोक्ताले अनलाईनमार्फत पनि सामान खरिद गर्नसक्ने उनको भनाई छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....