नेपालको शान बढाउँदै गरेकी अल्ट्रा म्याराथन धाविका राईलाई रु. २८ लाख नगदसहित सम्मान

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार ०२:२७


दमक, पुस २२ ।
नेपालको शान बढाउँदै गरेकी अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा रु. २८ लाख नगदसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्त रूपमा राईलाई रु. २८ लाख नगदसहितको सम्मान गरेको हो ।

बिहीबार स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद् महेन्द्रकुमारी सुब्बाले संयुक्त रूपमा राईलाई सो सम्मान स्वरूप उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेशनको सहयोगमा उक्त रकम जुटाइएको थियो ।

त्यसैगरी, सोही कार्यक्रममा राईलाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराँते खेलका प्रशिक्षक धु्रबविक्रम मल्ललाई समेत रु. दुई लाख तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

तेक्वान्दो डोजाङका संस्थापक अध्यक्षसमेत रहेका पूर्वब्रिटिस आर्मी दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीले उनको आर्थिक पाटोमा सघाएको बताएका थिए ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न उनी सफल भएकी थिइन् । भोजपुर जिल्लाको सानोदुम्मा घर भएकी २६ वर्षीया मीरा शान्ति सम्झौतापछि माओवादी लडाकुबाट अयोग्य भएपछि उनी एथ्लेटिक्समा लागेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....