शीर्ष दलका कारण मुलुक अस्थिरतातर्फ धकेलिँदै : अध्यक्ष महतो

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार १३:२३


लुम्बिनी, चैत्र २२ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् ।

सद्भावना पार्टी रुपन्देहीले भैरहवामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘मधेशी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरूलाई मान्य हुँदैन ।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासमेत रहेका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा रहेको उल्लेख गर्दै मधेशी, आदिबासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चा निर्वाचनमा सहभागी नहुने कुरा बताएका छन् ।

‘हामी पनि नेपालमा निर्वाचन चाहन्छौँ, तर पहिला संविधान संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्छ । संशोधन बिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ । सीमाङ्कनको विषय टुङ्गो नलगाई संविधान संशोधन गरिए त्यो मोर्चालाई मान्य हुने छैन ।’

मोर्चाले उठाएका सबै माग समेटेर संविधान संशोधन गरिए निर्वाचनमा जाने वातावरण बन्छ, निर्वाचनमा जाने वातावरण भए मोर्चामा आबद्ध दलहरू एकढिक्का भएर सहभागी हुने विश्वास उनले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....