निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उपप्रम थापालाई स्पष्टीकरण माग

काठमाडौं, चैत्र २२ ।
उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण माग गर्ने भएका छन् । आयोगले मन्त्री थापाले आचार संहिताविपरीत स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्ताहरूसँग भेट्ने तर आयोगलाई सो बारे कुनै जानकारी नगराएका कारण आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
मन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी पुगेका थिए । स्याङ्जा सदरमुकाम सिरुबारीमा पुगेर उनले आफ्ना निकट कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए । उनी राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमासमेत पुगेका थिए ।
स्याङजाबाट पोखरा हुँदै बाग्लुङ गएका उनले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया