कांग्रेसका एजेण्डाबारे पार्टी कार्यालयमा बैठक

काठमाडौं, चैत्र २२ ।
नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिले स्थानीय निर्वाचन र कांग्रेसका एजेण्डाहरूबारे आज पार्टी कार्यालय सानेपामा पूर्वसांसद र बुद्धिजीविहरूसँग छलफल गरेका छन् ।
उक्त छलफलमा सहभागिहरूले कार्यक्रममा कांग्रेसलाई जिम्मेवारीपूर्वक जनताकोबीचमा प्रस्तुत हुन र पार्टीभित्र एकताबद्ध बनाई राख्न समेत सुझाव दिएका थिए ।
बैठकमा कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन गर्नसक्ने भन्दै चुनावमा सहयोग गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया