निर्वाचन आयोगद्वारा निर्वाचनमा सहभागी हुने दलहरूको नाम सार्वजनिक, को–को परे ? (सूचीसहित)

काठमाडौं, चैत्र २२ ।
निर्वाचन आयोगले आज बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरूको नाम सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेअनुसार यसपटक कूल ८० राजनीतिक दलले मात्र सहभागिता जनाउन पाउने भएको छ ।
आयोगले ८० दलको नाम समावेश गरिए तापनि चिन्ह भने कूल २६ दललाई मात्र दिने भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ ले अहिले संसद्मा रहेका दललाई मात्र दलीय हैसियतमा चुनाव लड्ने र बाँकी दलले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिन पाउने व्यवस्था गरेको छ ।
आयोगले गत पुस २५ गतेदेखि माघ १७ गतेसम्म जिल्ला–जिल्लामा दल दर्ताको लागि आव्हान गरेको थियो । एक सय १३ दल दर्ता भए पनि आयोगले तोकिएको अवधिसम्म ८० दलले मात्र निवेदन दिएको बताइएको छ ।
संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताइरहेका मधेशी दलहरूसमेत दर्ता भएका छन् । संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)लगायत रहेको छ । निर्वाचन प्रयोजनका लागि मात्र आयोगले गरेको आव्हानमा नेपाल कम्युनिष्ट पार्टी र चुनावमा भाग नलिने भन्दै आन्दोलनको चेतावनी दिइरहेका मधेशी मोर्चामा रहेका दल पनि सार्वजनिक गरिएको तालिकामा सूचीकृत रहेको छ ।
आयोगमा दर्ता भएका दलहरूका अनौठा–अनौठा नामसमेत रहेका छन् । कसैले हाम्रो पार्टी भनेर दल दर्ता गरेका छन् भने कसैले युवा नेपाल पार्टी भनेर दर्ता गरेका छन् । देशभक्त समाज, मितेरी पार्टीदेखि नेपाल आमा पार्टीसम्म निर्वाचन आयोगको सूचीमा समावेश भएको छ ।
तालिका हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।
Election Participent
प्रतिक्रिया