पूर्वप्रधानमन्त्रीहरू देउवा र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौं, चैत्र २४ ।
पूर्वप्रधानमन्त्रीहरू एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच बुधबार भेटवार्ता गरेका छन् ।
बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।
सोही अवसरमा डा. भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिन्हबारे राख्नुभएको जिज्ञासामा सभापति देउवाले सकारात्मक जवाफ दिनुभएको डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
नयाँ शक्ति पार्टीले चुनाव चिन्हलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया