माओवादी केन्द्रको हेडक्वाटर बैठक ३ बजे बालुवाटारमा बस्दै

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार १२:५७


काठमाडौं, चैत्त २४ ।
नेकपा माओवादी केन्द्रको कार्यालय हेडक्वाटर बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाको समिक्षा हुने र स्थानीय निर्वाचनमा पार्टीको सहभागिता लगायतका एजेण्डा बैठकका लागि तय गरिएको बताइएको छ ।

स्थानीय चुनावमा पार्टीको सहभागिता, मधेशी मोर्चालाई चुनावमा सहभागि गराउन पार्टीले खेल्ने भूमिका बारेमा छलफल गर्नको लागि पार्टी अध्यक्ष तथा प्रम पुष्पकमल दाहालले हेडक्वाटर बैठक बोलाएका छन् । बैठकमा पार्टी अध्यक्ष तथा प्रम दाहालको चीन भ्रमणको समीक्षा हुने नेताहरूले जानकारी दिएका हुन् ।

स्थानीय निर्वाचनमा महानगरपालिका र उप–महानगरपालिकाको उम्मेदवार हेडक्वाटरले तोक्ने र बाँकी तहमा जिल्लाले टुङ्गो लगाउने बिषयमा पार्टीले निर्णय गर्ने तयारी भएको नेताहरूले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....