सन् १९५० को सन्धीलाई लिएर भारतले दियो यस्तो जवाफ

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार १३:२६


काठमाडौं, चैत्र २४ ।
राजधानीमा जारी रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठकमा आज भारतले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी असमान व्यवस्था हटाउन सहमत जनाएको छ ।

हिजो र आज गरी दुई दिनसम्म चल्ने बैठकमा ईपीजी नेपालका सदस्य नीलाम्बर आचार्यले सो सन्धीलाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै सो सन्धीमा रहेको धारा ५, ६ र ७ लाई पुनरावलोकन गर्न आवश्यक भएको बताएका छन् ।

यसैबीच, ईपीजीका भारततर्फका सदस्यले सन् १९५० को सन्धीमा केही परिवर्तन गर्न तयार रहेको जनाउँदै सो विषयमा थप छलफल गरी अघि बढ्नु पर्नेमा जोडसमेत दिएको श्रोतले बतायो ।

बैठकमा शान्ति तथा मैत्री सन्धीलाई लिएर सबै धारामा बृहत् छलफल गर्नुका साथसाथै पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल केन्द्रित भएको थियो । बैठकमा नेपालका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....