आइतबार सम्मका लागि मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, चैत्र २४ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक विशेष कारण देखाई एकाएक स्थगित गरी आउने आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कमल थापाको वरियता नमिल्दा चैत्र ३ गतेदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निधिलाई दोश्रो वरियता दिने तयारी गरेका थिए । तर, उपप्रधानमन्त्री थापाले त्यसमा असन्तुष्टी जनाएपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल १० दिने चीन भ्रमणमा जाँदासमेत यसको विवादका कारण कार्यबाहकसमेत तोकिएको थिएन ।
प्रतिक्रिया