२ नं. प्रदेशमा आजै केन्द्र तोक्न सरकारलाई आयोगको अल्टिमेटम

काठमाडौं, चैत्र २५ ।
चुनाव नजिकिँदै गइरहेको अवस्थामा प्रचण्ड सरकारले २ नम्बर प्रदेशमा अझै पनि मतदान केन्द्रको टुंगो लगाउन सकेको छैन । निर्वाचन आयोगले तत्काल केन्द्र तोक्न प्रधानमन्त्री दाहाललाई अल्टिमेटम दिएको हो ।
आयोगले १० दिनको समय थप गरी चैत्र १० गतेभित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने जनाए तापनि मधेशी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न सकेको छैन ।
तर, चैत्र २० गतेभित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले ‘अल्टिमेटम’ दिएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आजै २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन अनुरोध गरेको आयोगले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म सहमति जुटाउन सकेका छैनन् ।
प्रतिक्रिया