‘संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने’ : पूर्व अर्थमन्त्री पुन

रुपन्देही, चैत्र २५ ।
पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् ।
आज बुटवलमा प्रेस सेन्टर प्रदेश नं. ५ को पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारबाट बाहिरिने बताएका हुन् ।
उनले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीमा जाँदा ठूलो असर नपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताएका छन् । उनले भने ‘अब कुनै पनि हालतमा निर्वाचन सरदैन । मतपत्र छापि सकेका छन्, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’
मधेशवादी दलहरूका मागलाई सम्बोधन गरी छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने र पुरानो प्रस्ताव फिर्ता हुने गरी तीन शीर्ष दलका नेताहरूबीच तयारी भइसकेको उनले बताएका छन् ।
प्रतिक्रिया