प्रम दाहाल र संयुक्त राष्ट्र संघका उपमहासचिव भरवर्गबीच शिष्टाचार भेटवार्ता

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार १५:०१


काठमाडौं, चैत्र २६ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका उपमहासचिव तथा पोषण कार्यक्रमका संयोजक ग्रेडा भरवर्गबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरूको सहकार्यमा यसमा सुधार भइरहेको बताए ।

उनले सरकार पोषणसहित दीगो र सन्तुलित विकासको एजेण्डा लिएर अघि बढेको बताउँदै ‘स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्ण रूपमा समावेश छ ।’

उपमहासचिव भरवर्गले नेपालले पोषणमा गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा राष्ट्र संघले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....