नेता कोइरालाको दाबी : लोकतन्त्रको मूल्य मान्यताप्रति कांग्रेस प्रतिबद्ध

प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार ०६:४२


काठमाडौं, चैत्र २७ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थापनाकालदेखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताप्रति विश्वास राख्दै आएको बताएका छन् ।

संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानवअधिकार जस्ता विषयमा आफू बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रूपमा पनि अविचलित ढङ्गले प्रतिबद्ध रहिआएको कोइरालाद्वारा शनिबार जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शक्तिपृथकीकरणको सिद्धान्तबमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू सचेत रहेको डा. कोइरालाको भनाई छ । “कार्यपालिकाको क्षेत्राधिकार बारे म जति स्पष्ट छु, सम्मानित न्यायालयको उच्चतम गरिमालाई कदर गर्नुपर्ने दायित्वप्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....