सन् २०३० सम्म मध्यआय भएको मुलुकको सूचीमा नेपाल : प्रधानमन्त्ती दाहाल

काठमाडौँ, चैत्र २७ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए तापनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आज ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रम दाहाले उद्घाटन गर्दै आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको भन्दै वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक बलियो बनाउने आधार भएको बताएका छन् ।
अब नेपालले सन् २०३० सम्म मध्यआय भएको मुलुकको सूचीमा पुग्ने उद्देश्य राखेको बताउँदै उनले त्यसका लागि उच्च आर्थिक वृद्धि, आर्थिक समानता र सन्तुलित विकास प्रक्रियाका समान अवसर हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा मन्त्री, पूर्वअर्थमन्त्री, अर्थविद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव तथा मलेसियाको विकास प्रस्तुति व्यवस्थापन र वितरण एकाइका पदाधिकारी तथा विज्ञ सदस्यहरूको सहभागिता रहेका थिए ।
प्रतिक्रिया