वरीयता विवादका कारण आजको मन्त्रिपरिषद् बैठक पनि स्थगित

प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार १८:१४


काठमाडौं, चैत्र २७ ।
करिब एक महिनापछि आज बस्ने निश्चित भएको मन्त्रिपरिषद्को बैठक अन्त्यमा आएर आज पनि एकाएक स्थगित हुन पुगेको छ ।

गएको केही समयदेखि निरन्तर रूपमा विवाद कायम रहेको वरीयता क्रमलाई लिएर आजको बैठक पनि बस्न नसकेको हो । मधेशी मोर्चासँग संविधान संशोधनको नयाँ विधेयकमा सहमति हुन नसकेपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित गरिएको छ ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई पहिलो वरीयता दिने संकेत पाएपछि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि विराटनगर गएको र सोही कारण बैठक रोकिएको श्रोतले बतायो ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिमध्ये कसलाई पहिलो वरीयता दिने भन्ने विवादका कारण सरकार नै निष्क्रिय अवस्थामा पुगिसकेको छ । जसका कारण सर्वोच्च अदालतले परमादेश जारी गर्दा समेत नेपाल प्रहरीमा महानिरीक्षक नियुक्ति हुन सकेको छैन भने कैयौं महत्वपूर्ण निर्णयहरू जस्ताको तस्तै रहेको छ ।

मन्त्रिपरिषद् बैठक बस्न नसक्दा सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी प्रमुख नियुक्त हुन सकेको छैन भने कैयौं महत्वपूर्ण कामहरू अघि बढ्न सकेको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....