९३ हजार डलरसहित क्याप्टेन अवाले पक्राउ, आफूले ठूलो गल्ती गरेको स्वीकार

काठमाडौं, चैत्र २८ ।
नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवालेलाई ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । पक्राउपछि उनले आफूले ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका क्याप्टेन अवालेले अमेरिकामा रहेकी छोरीलाई पठाई दिन डलर बोकेर दुबई जान लागेको बयान दिएका छन् । प्रहरी उच्च श्रोतकाअनुसार उनले ‘अमेरिकामा रहेकी छोरीलाई दुबईबाट यो रकम पठाउन भनेर लैजाँदै थिएँ,’ अवालेको भनाईलाई उद्धृत गर्दै प्रहरी श्रोतले भन्यो, ‘मैले यसो गर्न हुँदैनथ्यो । मबाट ठूलो गल्ती हुन पुग्यो ।’ आइतबार राति साढे ११ बजे नेपाल एयरलाइन्सको आरए २२९ जहानको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवाले सो रकमसहित पक्राउ परेका हुन् ।
आफूले अमेरिकामा रहेकी छोरीलाई पठाइदिन डलर बोकेर दुबई जान लागेको बयान दिएका छन् ।
उनले लैजान लागेको रकम कसको र कुन प्रयोजनका लागि भन्ने बारेमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । नेपालमा दुबईबाट अवैधानिक रूपले सुन आयात गरिने हुँदा सुन तस्करको रकम हुन सक्ने प्रारम्भिक अनुमान गरिएको श्रोतले जानकारी दिएको छ ।
अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको थियो । उनलाई सोमबार नै राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।
प्रतिक्रिया