निर्मला पन्त प्रकरण : कारबाहीकाे माग गर्दै प्रदर्शन

भीमदत्तनगर, असाेज २ ।
निर्मला पन्तकाे हत्या भएकाे दुर्इ महिना बितिसक्दासमेत वास्तविक अपराधीलार्इ अहिलेसम्म प्रहरी कठघरामा उभ्याउन सकेका छैनन् । त्यसैकाे विराेधमा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली कांग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।
भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ ।
हत्या भएको यतिका दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरूको मागबारे बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनले तेश्राे पटक काङ्ग्रेसले ज्ञापन पत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे ।
प्रतिक्रिया