वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बस्न नसक्नु लज्जास्पद भएको ठहर

काठमाडौं, चैत्र २८ ।
व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा विपक्षी दलका नेता एवं सांसद्हरूले उपप्रधानमन्त्रीहरूको वरीयता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषद्को बैठक बस्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वरीयता विवादले जग हसाएको टिप्पणी गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका सांसद् रेवतीरमण भण्डारीकाअनुसार ‘वरीयता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्नु र प्रहरी महानिरीक्षकलगायतका नियुक्तिहरू गर्न नसक्नाले सरकारको लाचारी स्पस्ट देखिन्छ’ उनले भने ।
मधेशी मोर्चामा आवद्ध दलका सांसद्ले भने आज पनि संसद् बैठक बहिष्कार गर्ने उद्देश्यले बैठकको सुरुमै थरूहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधन नभएसम्म संसद् बैठक बहिस्कार गर्ने बताएपछि मोर्चामा आबद्ध सांसद्हरू बैठकबाट बाहिरिएका थिए । संसद् बैठक पुनः भोलि मंगलबार बस्नेछ ।
प्रतिक्रिया