एमाले लगायतका केही दलका सांसद्द्वारा गृहमन्त्री निधीको राजीनामा माग

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार १७:२७


काठमाडौं, चैत्र २८ ।
व्यवस्थापिका संसद्को आजको बैठकमा बिशेष समय लिएर बोल्दै अधिकांश सांसद्हरूले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले दोस्रो वरियता नपाए मन्त्रीपरिषद् बैठकमै नजाने घोषणा गर्नु प्रधानमन्त्रीय प्रणाली विपरित भएको भन्दै एमाले लगायतका केही दलका सांसद्ले राजिनामा माग गरेका छन् ।

सांसद सत्यनारायण मण्डलले सप्तरीस्थित आफ्नो घरमा संघीय समाजवादी फोरमका कार्यकर्ताले परिवारका सदस्यलाई र्दुव्यवहार गरेपनि स्थानीय प्रशासन मौन बसेको भन्दै आपत्ति जनाए तापनि मण्डलले एमाले सप्तरी ईञ्चार्ज सुमन प्याकुरेलको घरमा रहेका परिवारका सदस्यमाथि मोर्चा कार्यकर्ताले दुव्यवहार गरेको जानकारी दिए ।

एमालेका केशवप्रसाद बडाल, हर्कबोल राई, माओवादी केन्द्रका जनकराज जोशी, श्यामकुमार श्रेष्ठ, राप्रपाका कान्ता भट्टराई, नेमकिपाका प्रेम सुवाल लगायतले स्थानीय तह निर्वाचन, सहकारी ऐन, राष्ट्रिय पुनर्निर्माण लगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा आज कानून मन्त्री अजयशंकर नायकले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....