बिहीबार हत्या गरिएका आलम भारतीय अपराधी रहेको खुलासा

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार १८:०७


काठमाडौं, असोज ५ ।
बिहीबार सुनसरी जिल्लाको हरिनगर क्षेत्रस्थित भुटहा बजारमा हत्या भएका खुर्सिद आलम भारतीय अपराधिक संस्थामा आबद्ध रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

भारतीय समाचार संस्था न्यूज ट्वान्टी फोर अनलाइनले उल्लेख गरेअनुसार मारिएका आलम मुम्बई हमलाका आरोपी रहेको जनाएको छ । आलमलाई बिहीबार दुई वटा मोटरसाइकलमा आएका चार जना अपराधीले गोली हानेर हत्या गरेका हुन् ।

आलमलाई गोली हानी हत्या गरेर अपराधीहरू भारततर्फ भागेका थिए । बिहीबारको घटनामा परी एक नेपाल प्रहरी पनि घाइते भएका थिए । नेपाल प्रहरीले भारत–नेपाल बोर्डरमा आएर हत्या गर्ने अपराधीहरूलाई रोक्न खोज्दा प्रहरी जवान घाइते हुन पुगेका थिए ।

मारिएका आलम स्कूलका प्रिन्सिपलसमेत थिए । आलमको नाम सन् २००८ मा बाटला इन्काउण्टरमा फरार आतंकवादीमध्ये एक शहजाद पप्पुलाई पक्राउ गरेपछि एजेन्सीको अगाडि आएका थिए । पप्पु स्पेशल इन्स्पेक्टर मोहन चन्द शर्मालाई गोली चलाएको आरोप लागेको थियो ।

खुर्सिद आलम आईएसआईको लागि काम गर्दै आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । इण्डियन मुजाहिदीनको आतंक जब बाटला इन्काउण्टरपछि फरार भए तब नेपालमा आलमले आफ्नो छुट्टै पासपोर्ट बनाएको उल्लेख छ । एजेन्सीकाअनुसार इण्डियन मुजाहिदीनका आतंकवादलाई लोजस्टिक सपोर्ट गर्दै आइरहेको जनाएको छ । नेपालमा आएर बसेपछि आलम आईएसआईको मुख्य निशानामा समेत पर्दै आइरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

काठमाडाैं, चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार.....