नेपाल उद्योग बाणिज्य महासंघको मतदान सम्पन्न, ३ बजेबाट मतगणना हुने

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलवार १३:५२


काठमाडौं, चैत्र २९ ।
बिहान ८ बजेबाट सुरु भएको नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मतदानमा कूल आठ सय २३ मत खसेको छ भने अहिले ३ बजेबाट मतगणना प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतगणनाको परिणाम आज रातिसम्ममा सार्वजनिक गर्ने तयारी रहेको छ । आज भएको मतदानमा जिल्ला तथा नगरतर्फ एक सय चार, वस्तुगततर्फ ९९ र एशोसिएटतर्फ छ सय २० मत खसेको छ । एशोसिएटतर्फबाट १३ जना मतदाता अनुपस्थित रहेका थिए ।

महासंघको नयाँ संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएपछि यो निर्वाचन वरिष्ठ उपाध्यक्ष र त्योभन्दा तलका पदहरूमा मात्रै मतदान भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधान समूहले प्यानल नै बनाएर चुनाव लडेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....