नयाँ वर्षसँगै सुरु भयो ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार १०:१४


काठमाडौं, बैशाख १ ।
आजबाट नयाँ वर्ष २०७४ साल प्रारम्भ भएको छ । यसै अवसरमा स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने मूल नाराका साथ ‘मेरो वर्ष अभियान–२०७४’ को सुरुवात गरेको छ ।

सूर्ति तथा चिनीजन्य पदार्थ, मद्यपान, धुम्रपानलगायतको न्यूनीकरण तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ वर्षभर चलाइने यो अभियानको प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुवात गरेका हुन् ।

दशरथ रङ्गशालाबाट आयोजित दौड अभियानको प्रधानमन्त्री दाहालले सुरुवात गरेका हुन् । अभियानका बारेमा जानकारी गराउँदै स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वस्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व भएको बताए ।

अभियानका क्रममा सरोकारवाला निकायहरूसँगको सहकार्य प्रबद्र्धन गरिने, उच्च जोखिमयुक्त रोगहरूको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने, जनचेतना विस्तारका लागि मोबाइल एप्स सुरु गरिने पनि उनले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....