‘नो हर्न प्लिज’ आजबाट लागू, कस्तो ठाउँमा हर्न बजाउन पाइन्छ ?

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार १७:०६


काठमाडौं, बैशाख १ ।
आजबाट काठमाडौं उपत्यकाभित्र हर्न निषेध गरिएको छ । राजधानीभित्र आजबाट बिना अतिआवश्यक हर्न बजाएको खण्डमा कारबाही हुने ट्राफिक महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।

‘नो हर्न प्लिज’को संकेत स्वरूप राजधानीका मुख्य मुख्य स्थानमा गत एक सातादेखि नै जनजागरणका लागि ढोका बनाएर “काठमाडौं उपत्यकाभित्र सवारी चलाउँदै हुनुहुन्छ ? याद गर्नुहोस्, २०७४ बैशाख १ गतेबाट हर्न बजाउन पूर्ण निषेध गरिएको छ ।” लेखिएका साईनबोर्डलगायत ढोकाहरू सबै स्थानमा देख्न सकिन्छ ।

यदि उक्त नियमलाई अटेर गरेर हर्न बजाएको खण्डमा सुरुमा चेतावनी स्वरूप रु. पाँच सय जरिवाना गरिनेछ भने पुनः गल्ती गरेको खण्डमा रु. दुई हजार र त्योभन्दा बढी यातायातको कारबाही प्रक्रियाअनुसार अझै बढ्न सक्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हर्न पूर्ण निषेध भने होइन । तर कस्तो ठाउँमा हर्न बजाउन सकिन्छ त ? यदि तीन दोबाटो, चौबाटोहरूमा बाटो काट्दा र अतिआवश्यक स्थानमा लिमिट मात्रामा भने हर्न बजाउन सकिने जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....