वैदिक सनातन हिन्दू अधिराज्य घोषणा नगरे ‘धर्मयुद्ध’ गर्ने चेतावनी

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार १०:४३


काठमाडौं, पुस २५ ।
नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा नगरे धर्मयुद्धको घोषणा गर्ने राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले चेतावनी दिएका छन् ।

उक्त पार्टीले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी धर्मयुद्ध गर्ने घोषणा गरेका हुन् । अध्यक्ष बमले भने, ‘हामीले गर्ने धर्मयुद्ध प्रहरी र जनताको बीचमा हुँदैन, धार्मिक गद्दारकाविरुद्धमा हुनेछ, आर्थिक आतंकवादीहरूको विरुद्धमा हुनेछ, क्रिश्चियन तस्करीका विरुद्धमा हुनेछ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्माले धर्म परिवर्तन समाजको रोग भएको भन्दै यस्ता धर्म परिवर्तन गराउने दलालीहरूलाई आफूहरूले कुनै पनि अवस्थामा नछाड्ने चेतावनीसमेत दिए ।

यस्तै नेपाल शिव सेनाका संयोजक सुरेन्द्र केसीले हाल देशमा बढ्दै गएको राजनीतिक उद्दण्डताप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘हिजो नागरिकलाई झुठा आश्वसन बाँडेर क्षणिक नागरिकको मन जित्न सफल भएका सत्ता प्राप्त गरिसकेपछि तीनै नागरिकको न्यूनतम आधारभूत आवश्यकताको कुरालाई पूरा गर्न नसकी नागरिकलाई उल्टै भ्रष्टाचार, महँगी, कालोबजारी बेतिथि असुरक्षित वातावरणको दलदलमा फसाएर मुलुकलाई बर्बाद पार्नेलाई हामीले गरेको धर्मयुद्ध घोषणाले निद हराम पार्नेछ ।’


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....