प्रधानमन्त्री दाहाल अस्वस्थ, सबै कार्यक्रम प्रभावित

प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार ०९:११


काठमाडौं, बैशाख २ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अस्वस्थ भएका छन् । उनको सचिवालयले जानकारी दिएअनुसार धपेडी र मौसममा आएको परिवर्तनका कारण प्रधानमन्त्री दाहाल अस्वस्थ भएको जनाएको छ ।

उनको अस्वस्थताको कारण आज सिन्धुपाल्चोकमा हुने भनिएको राजनीतिक भेलासमेत प्रभावित भएको छ ।

प्रधानमन्त्री दाहाल विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोक जाने तयारी रहेको थियो । तर, प्रधानमन्त्री दाहाल अस्वस्थ भएपछि सिन्धुपाल्चोकको कार्यकक्रसमेत स्थगित भएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....