स्थानीय तहको निर्वाचनमा महिला सहभागिता विषयक अन्तरक्रिया

प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार ११:२०


काठमाडौं, बैशाख ३ ।
यहीँ बैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा महिला सहभागिताका लागि सञ्चार माध्यमको भूमिका विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

राजधानीमा आज आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा महिला तथा बालबालिका समितिकी सभापति रञ्जुकुमारी झाले आउने निर्वाचनमा महिलाहरूको सहभागिता व्यापक रूपमा बढाउँदै लैजानुपर्नेमा जोड दिँदै यसमा विभिन्न सञ्चार माध्यमहरूले आ–आफ्नो स्थानबाट उल्लेखनिय भूमिका निर्वाह गर्नुपर्नेपनेमा जोडसमेत दिएकी छन् ।

कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा आबद्ध महिला पत्रकार, विभिन्न संघसंस्थाका महिला वर्गहरूको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा महिला सहभागिताको प्रतिशत कतिसम्मको हुनुपर्छ भन्ने विषयमा व्यापक बहस गर्दै महिलाको भूमिकासम्बन्धी कार्यसूचीको प्रस्तुतिकरण दिइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....