मधेशी मोर्चा र संघीय गठबन्धनद्वारा बैशाख ५ गतेदेखि आन्दोलनको घोषणा

काठमाडौं, बैशाख ३ ।
राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने भएकाले मोर्चा गठबन्धनले विधेयकलाई अस्वीकार गरी संघीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण लगायत सबै खालका असमानता र विभेद अन्त्य गराउन र विगतमा प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्नका लागि आन्दोलनमा जान बाध्य भएको जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सङ्घीय गठबन्धनको आयोजनामा काठमाडौंस्थित अनामनगरमा रहेको सम्वाद डबलीमा एक पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन घोषणाबारे जानकारी दिएका हुन् ।
विगतमा जारी गरेको संविधान जबरजस्ति घोषणा गरी सच्याउनुपर्ने कुरामा मोर्चासहित संघीय गठबन्धनले सरकारसमक्ष उठाएका ११ बुँदे र २६ बुँदे मागहरूको सम्बोधन गर्नुपर्ने लगायत संघीय संरचनाका मुद्दाहरू सम्बोधन गरी सर्वप्रथम संघीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराएर मात्र प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्ने कुरामा जोड दिँदै संघीय लोकतान्त्रिक प्रणालीको मूल मर्म र आधार भएको जनाएको छ ।
जनताको अधिकार प्राप्ति, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।
मधेशी मोर्चाको राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू यस प्रकार छन् :
प्रतिक्रिया