वजनअनुसार पानी पिउने तरिका, कति पानी पिउने ?

प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार १८:३७


काठमाडौं, बैशाख ३ ।
पानी कुनै रङ, स्वाद वा गन्ध नभएको पदार्थ हो । त्यसैले पानीलाई स्वादहीन, गन्धहीन यौगिकको रूपमा लिइन्छ । सम्पूर्ण प्राणीहरूको जीवन धान्नको लागि पानी नभई नहुने पदार्थ हो । यो सर्वव्यापि घोलक हो । यसलाई विज्ञानमा यौगिकको रूपमा लिइन्छ ।

डाक्टर तथा पोषण विज्ञहरूको सल्लाहअनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुई लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र थाहा पाउँदा सहज हुन्छ ।

शरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी शरीरमा विषाक्त पदार्थको निष्कासनदेखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।

पानी पिउने तरिका :
आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाईको वजन ६० किलो छ भने तपाईले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायाम गर्ने समयमा अत्याधिक पानी सेवन :
व्यायामका बेला शरीरबाट धेरै पसिना निस्किने हुन्छ र जिउमा पानीको कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेपछि आधा घण्टाको फरकमा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन् । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०/२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरूबाट प्राप्त हुन्छ । जस्तै गर्मी मौसममा खाइने फलफुलहरूमा एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रशस्त पानीको मात्रा पाइन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....