डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने बारे प्रतिबद्धता

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार ११:०२


इनरुवा, बैशाख ५ ।
सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने बारे प्रतिबद्धता जनाएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिकास्थित बसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

डाइक्लोफेनेक औषधिको प्रयोगका कारण गिद्ध लोपन्मुख अवस्थामा पुगेको एक अध्ययनले देखाएको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको जिल्ला पशुसेवा कार्यालय सुनसरीका पशु प्राविधिक केशव श्रेष्ठले बताएका छन् ।

गाईवस्तुमा डाइक्लोफेनेक औषधिको प्रयोग गर्दा गाईवस्तु मरेपछि गिद्धले सिनो खाने गरेको र त्यसका कारण गिद्धसमेत मर्ने गरेको जनाएको छ । नेपाल पाराभेटनरी लाइभस्टक एसोसिएसन सुनसरीका अध्यक्ष गणेश मेहताले पशु प्राविधिक नै गिद्धलाई संरक्षण गर्ने वा मार्ने भएका कारणले अबदेखि डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्ध लगाई गिद्धको संरक्षणमा लागेको बताएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....