६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई ‘भिटामिन ए’ खुवाईदै

काठमाडौं, बैशाख ६ ।
‘भिटामिन ए’ खुवाउन स्वास्थ्य केन्द्र तथा नजिक पर्ने वडाहरूमा केन्द्र तोकिएको छ । ६ महिनादेखि ५ वर्ष मुनिका ३३ लाख बालबालिकालाई आज र भोली देशभरी ‘भिटामिन ए’ खुवाइदै छ ।
जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख बालबालिकालाई ‘भिटामिन ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले टाइप २ पोलियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ ।
सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत विश्वका एक सय ५५ देशले पोलियो खोप दिँदै आएकोमा अहिले ५१ देशमा निरन्तरता दिँदै आएको छ ।
नेपालमा सन् २०१० यता कसैलाई पोलियो नदेखिए पनि नेपाल अझै न्यून जोखिमयुक्त मुलुकअन्तर्गत रहेकाले जनघनत्व बढि भएको क्षेत्रमा पोलियो खुवाउने गरिएको हो ।
पोलियो रोग देखिएको देशहरूमा वर्षको चार पटक, संक्रमण हुन सक्ने देशहरूमा ३ पटक, जोखिमयुक्त देशहरूमा दुई पटक र अति न्यून जोखिमयुक्त देशमा एक पटक पोलियो खुवाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
प्रतिक्रिया