मधेशी मोर्चा सहमतिमा नआए दुई चरणमा निर्वाचन : गृहमन्त्री निधि

प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार १८:०५


पोखरा, बैशाख ६ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर रहेको बताएका छन् ।

एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा आज पोखरामा उनले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सबैसँग आग्रहसमेत गरे ।

बैशाख ३१ गतेका दिन एकै चरणमा निर्वाचन सम्पन्न गर्न सरकार तम्तयार रहेको उल्लेख गर्दै उनले तर मधेशी मोर्चा पनि सहमतिमा आए दुई चरणमा पनि निर्वाचन गर्न सकिने धारणा व्यक्त गरे ।

मन्त्री निधिले निर्वाचनको मिति कुनै हालतमा सर्दैन भन्दै असन्तुष्ट दलहरूलाई पनि वार्ता गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी गराउँदै उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय अहोरात्र खटिरहेको बताए ।

गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....