३३ किलो सुन तस्करीका कारण दुई अधिकृत पक्राउ

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार ०७:५१


काठमाडौं, पुस २८ ।
गएको केही समय अगाडि ३३ किलो सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । सीआईबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो ।

भन्सार विभागका कर्मचारीको मिलेमतो हुन सक्ने भन्दै विभागले आजै २९ जना कर्मचारीलाई कामको जिम्मेवारीबाट हटाएको थियो ।

गएको बिहीबार विमानस्थलबाट ३३ किलो सुन लिएर बाहिरिने क्रममा गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....