आयोगको चेतावनी ‘आचारसंहिता उल्लंघन गरेमा लाखसम्मको जरिवानादेखि उम्मेदवारी रद्दसम्म’

काठमाडौं, बैशाख ६ ।
बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले दलहरूलाई चुनावी आचारसंहिताविपरीतको कार्य नगर्न पुनः गरेको छ ।
पछिल्लो केही समय यता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले सो विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न सबै तह तप्काको जिम्मेवारीपूर्ण भूमिका आवश्यक हुने भन्दै आयोगले आचारसंहिताको कडाईका साथ पालना गर्न दलहरूको पुनः ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षामार्फत् निर्वाचन आचारसंहिताबारेमा समेत जानकारी प्रदान गरेको छ । दल र तीनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खण्डमा निर्वाचन कसुर तथा सजाँय ऐनअनुसार कानूनी कारबाही हुने आयोगले जनाएको छ ।
आचारसंहिता उल्लंघनको घटनामा एक लाखसम्मको जरिवानादेखि उम्मेदवारी रद्दसम्म गर्ने अधिकार भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया