नयाँ पार्टीको आज औपचारिक घोषणा हुँदै, पार्टी नयाँ अनुहार पुरानै, कुन–कुन दल आबद्ध ?

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार १०:४६


काठमाडौं, बैशाख ७ ।
बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनले वातावरण तताउँदै गर्दा पुनः आज एक नयाँ पार्टीको घोषणा हुने भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध छ वटा मधेश केन्द्रित दलहरूबीच आज दिउँसो २ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।

एकताको घोषणापछि आज नयाँ पार्टी ‘राष्ट्रिय जनता पार्टी’ गठन हुने भएको हो । नयाँ पार्टीको निर्वाचन चिन्ह छाता हुने निर्णय भएको सद्भावना पार्टीका महासिचव मनिष सुमनले जानकारी दिएका छन् ।

नयाँ पार्टी घोषणा आजै गर्ने गरी सबै शीर्ष नेताहरू तयारीमा जुटेका छन् । एकतापछि पार्टीको नेतृत्व तत्कालका लागि महन्थ ठाकुरले गर्ने र सामूहिक अध्यक्ष मण्डल बनाई अघि बढ्ने विषयमा सहमति भइसकेको पनि उनले बताए । नेतृत्वका लागि चक्रिय प्रणाली अपनाईने र पार्टीको दर्ता रोलक्रमअनुसार नेतृत्व फेरिने समेत सहमति भइसकेको छ ।

अहिले सबै शीर्ष नेताहरू सद्भावना पार्टीको कार्यालयमा नयाँ पार्टीको दस्तावेज तयारीमा जुटेका छन् । गएराति छ वटै दलका शीर्ष नेताहरू बसेर एकता गर्ने निर्णय गरेका थिए । आजको छलफलमा भने सबै दलका दोश्रो तहका नेताहरूलाई समेत डाकेर सबै दलको दस्तावेजलाई एकीकृत गर्ने काम भइरहेको उनले बताए ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बाहेक मोर्चामा आबद्ध मोर्चामा आबद्ध राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीचमा एकता हुने भएको हो ।

राजनीतिक दलसम्बन्धी विधेयकमा न्यूनतम तीन प्रतिशत थ्रेस होल्ड राखेसँगै मोर्चामा आबद्ध दलहरूबीच एकताको प्रयास भइरहेको थियो । यो प्रयासले अब सार्थक रूप लिने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....