गाउँपालिका र नगरपालिकाको समस्या समाधान नेमकिपाको प्रावधानसँगै घोषणापत्र जारी

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार १४:३२


भक्तपुर, बैशाख ७ ।
बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरू अहिले प्रचार–प्रसारमा तीब्र रूपमा अगाडि बढेको छ । योसँगै ठूला दलहरूले चुनावी प्रचारका क्रममा आ–आफ्नो परिकल्पनासहित चुनावी मैदानमा होमिँदै गर्दा नेपाल मजदूर किसान पार्टीले पनि आफ्ना जनप्रतिनिधिमार्फत मजदूर, किसान, प्रगतिशील, बुद्धिजीवि, पूँजीपति वर्गसमेतको सहयोग एवं समर्थनमा गाउँपालिका र नगरपालिकाको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

सो पार्टीले आज एक विशेष कार्यक्रमको आयोजना गरी ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७४’ सार्वजनिक गरेको छ । जारी घोषणापत्रमा भू–बनौटअनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

पार्टीले बौद्धिक क्षेत्रको सहयोगमा आवास, पर्यटन, औद्योगिक, कृषि, शैक्षिक, हरिताल क्षेत्रलगायतका भू–उपयोगसम्बन्धी नक्सा तयार गरी कार्यान्वनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

पार्टीले गाउँपालिकामा जनताको नागरिक भावनाको विकास गरी गाउँपालिकाकालाई सफा र स्वच्छ बनाउने, पानीका श्रोत सफा राख्ने, बाढीपहिरो नियन्त्रणका लागि वृक्षारोपण गर्नेलगायतका विकास निर्माणका कार्यलाई जोड दिएको छ ।

त्यसैगरी, नगरपालिकामा सडकको सरसफाई, हरियाली, खानेपानी आपूर्ति, नमूना विद्यालय तथा कलेज स्थापना र कालोबजार, कृत्रिम अभाव गर्नेजस्ता कार्यलाई कानूनी दायरामा ल्याई उपभोक्ताको अधिकार स्थापित गर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने स्पष्ट पार्दै उनले २८ जिल्लामा आफ्नो पार्टीले उम्मेदवारी दिने घोषणासमेत गरे ।

मधेश केन्द्रित दलहरूलाई निर्वाचमा ल्याउने विषयमा पार्टी अध्यक्ष बिजुक्छेले निर्वाचनलाई सफल बनाउन चरणबद्ध निर्वाचन गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....